May 22, 2022

दमौली– सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही सहितको टिमले सोमबार तनहुँका बिभिन्न अस्पतालको भ्रमण गरेका छन। टोलीले सोमबार तनहुँको बन्दीपुर अस्पतालको अबलोकन पश्चात दमौली आईपुगेको टोलीले सोमबार नै जिपी कोईराला श्वास प्रश्वास उपचार केन्द्र बेलचौताराको समेत अबलोकन भ्रमण गर्ने जानकारी दिए।

कोरोनाको बढ्दो जोखिमपूर्ण समयमा स्वास्थ्य सस्थामा बिरामीको उपचार र समस्या बारे जानकारी लिन आफुहरू सोमबार गण्डकी प्रदेशका बिभिन्न अस्पतालको भम्रणमा निस्किएको अभियन्ता शाहीले खबरवाटिकालाई बताए।

टोलीले बिपन्न कोरोना संक्रमितलाई निशुल्क एम्बुलेन्स समेत उपलब्ध गराउने गरी गण्डकी प्रदेशमा एकसाताका लागि एउटा एम्बुलेन्सको व्यवस्था गरिएको टोलीकि स्वास्थ्य बिभाग प्रमुख जिता बरालले बताईन। निशुल्क एम्बुलेन्सका लागि सर्वसाधारणले फोन नं ९८५१३१२४१७ मा सम्पर्क गर्न सक्नेछन्।

Leave a Reply

Your email address will not be published.