अमेरिकाद्वारा अफगानिस्तानको पूर्वी क्षेत्रमा आईएस लक्षित ड्रोन आक्रमण

Byखवरबाटिका

१२ भाद्र २०७८, शनिबार १०:२५ १२ भाद्र २०७८, शनिबार १०:२५ १२ भाद्र २०७८, शनिबार १०:२५

काठमाण्डाै – अमेरिकाले अफगानिस्तानको पूर्वी क्षेत्रमा इस्लामिक स्टेट (आईएस) लाई लक्षित गरेर ड्रोन आक्रमण गरेको छ ।

ड्रोन आक्रमणमा आईएसका एक सदस्य मारिएका अमेरिकी सैनिकलाई उदृत गर्दै बीबीसीले जनाएको छ । मारिने व्यक्ति गएको बिहीवार काबुल विमानस्थलमा १३ अमेरिकी सैनिकसहित १ सय ७० भन्दा बढीको ज्यान जाने गरी भएको आक्रमणका योजनाकार रहेको दाबी गरिएको छ ।

नानगहार प्रान्तमा भएको आक्रमणमा आईएसको समूहका योजनाकारलाई निसाना बनाइएको खबरमा उल्लेख छ । ड्रोन आक्रमणमा सर्वसाधारणलाई कुनै क्षति नभएको अमेरिकाले जनाएको छ।

अमेरिकाको केन्द्रीय कमाण्डले जारी गरेको वक्तव्यमा निसानामै आक्रमण भएको र योजनाकार मारिएको दाबी छ । यसैबीच काबुलमा रहेकाे अमेरिकी दूतावासले सुरक्षा सचेतना जारी गर्दै काबुल विमानस्थलको गेट आसपासमा रहेका आफ्ना नागरिकसहितलाई तत्काल सुरक्षित ठाउँमा जान भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *