प्रहरीले गाेली हानेर राँगाे ठहरै !

Byखवरबाटिका

२६ आश्विन २०७८, मंगलवार २१:१४ २६ आश्विन २०७८, मंगलवार २१:१४ २६ आश्विन २०७८, मंगलवार २१:१४

दमाैली – दमाैलीमा मंगलबार साँझ प्रहरीकाे गाेलीले राँगाे ठहरै भएकाे छ । व्यास नगरपालिका वडा नं. ३, देउरालीनगरमा स्थानीय नेवार समुदायले दशैका लागि ल्याएकाे राँगाे मात्तिएर दाम्लाे चुडाए पछि प्रहरीले गाेली हानेर राँगाेलाइ मारेकाे हाे ।

अष्टमीकाे दिन काट्ने तयारी गरेकाे राँगाे दाम्लाे चुडाएर सवारी साधन र घरका सटरमा हान्न थालेपछि प्रहरीले राँगाेलाइ गाेली हानेर मारेकाे हाे । प्रहरीकाे गाेलीले राँगाेकाे घाँटी र टाउँकाेमा चाेट लागेकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *