दमौली । सामाजिक कार्यमा सक्रिय रहेको लियो क्लब अफ तनहँु दमौलीले आफनो १३ औं चार्टर डे को अवसरमा विपन्न परिवारको स्वास्थ्य बिमा गराईदिएको छ । क्लबले शुक्रबार व्यास १ चारकुनेमा एक कार्यक्रम आयोजना गरि स्थानिय दिपक मगरको परिवारको स्वास्थ्य बिमा गरिदिएको हो । वडा अध्यक्ष खरसिं दरैले मगरको परिवारलाई स्वास्थ्य बिमाको कार्ड हस्तान्तरण गरे । पैसाको अभावमा स्वास्थ्य सेवा पाउनबाट वञ्चित हुन नपरोस् भनेर विपन्न एक घरपरिवारको स्वास्थ्य बीमा गरिदिएको क्लबका अध्यक्ष सुनिल मिश्रले जानकारी दिए । उनले भने,‘ आर्थिक रुपले विपन्न परिवारको आर्थिक जोखिम न्यूनीकरण गर्न हामीले एक परिवारको स्वास्थ्य बिमा गरेर सुरुवात गरेका हौँ । थोरै रकम कसैले परिवारको आर्थिक जोखिम न्यूनीकरण हुन्छ र स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउन सबैले आ–आफनो ठाँउबाट सहयोग गर्न आवश्यक छ । ’
कार्यक्रममा लायान्स क्लब अफ तनहँुका अध्यक्ष कृष्णहरि घिमिरेले क्लबले सहनिय कार्य गरेको बताउदै प्रशंसा गरे । मगरको परिवारमा तीन सदस्य रहेका छन् । नागरिकले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भनेर पाँच वर्षअघिदेखि सरकारले सामाजिक स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको छ। जसमा परिवारका पाँच सदस्यले वर्षमा तीन हजार ५०० रुपैयाँ तिरेर बीमा कार्यक्रममा सहभागी हुन सक्ने व्यवस्था छ। पाँचभन्दा बढीको हकमा भने प्रतिव्यक्ति ७२५ रुपैयाँ बुझाउनुपर्नेछ ।
स्वास्थ्य बीमा कार्यक्रममा सहभागी परिवारले वर्षमा एक लाख रुपैयाँ सम्मको उपचार तोकिएको अस्पतालबाट निःशुल्क पाउने व्यवस्था गरिएको छ । दमौली आसपासमा स्वास्थ्य बीमा गरेका नागरिकले दमौली अस्पतालनबाट स्वास्थ्य उपचारको सेवा लिन पाउनेछन्। दमौली अस्पतालबाट चिकित्सकको सिफारिशमा अन्य सरकारी अस्पतालबाट समेत सेवा लिन सक्ने व्यवस्था गरिएको छ ।