आँखा शिविरि सुरु

Byखवरबाटिका

११ कार्तिक २०७८, बिहीबार १५:४१ ११ कार्तिक २०७८, बिहीबार १५:४१ ११ कार्तिक २०७८, बिहीबार १५:४१

दमौली
जिल्लाको व्यास नगरपालिकाले जेष्ठ नागरिकलाई लक्षित गदै निःशुल्क आँखा शिविर सुरु गरेको छ । पोखरामा रहेको हिमालय आँखा अस्पतालको सहजिकरणमा नगरपालिकाले व्यास २ स्थित रहेको बालमन्दिर विद्यालयमा ६० वर्ष माथिका जेष्ठ नागरिकलाई लक्षित गदै विहिबार देखि निःशुल्क आँखा जाँच शिविर सुरु गरेको हो ।
कार्यक्रमको उद्घाटनमा बोल्दै नगर प्रमुख वैकुण्ठ न्यौपानेले जेष्ठ नागरिकहरुलाई सम्मान स्वरुप गएको वर्ष जस्तै यस वर्ष पनि आँखा शिविर संचालन गरिएको बताए । उनले जेष्ठ नागरिकलाई आवश्यक सहयोग गर्न नगरपालिका सदैवं तयार रहेको बताए।
वृद्धवृद्धाहरुलाई पोखरा लगायतथ अन्य जिल्लामा पुगेर जाँच गर्न हजारौं खर्च हुने भएकाले घर आँगनमै शिविरि चलाईएको प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलले बताए । शिविर शनिबार सम्म चल्ने उनले जानकारी दिए ।
उद्घाटन समारोहका दिन नगरपालिकाका वडा नं १ देखि वडा नं ५ मा बसोबास गर्ने जेष्ठ नागरिकका आँखा परिक्षण गरिएको थियो । त्यस्तै शुक्रबार वडा नं ६ देखि वडा नं १० का र शनिबार वडा नं ११ देखि वडा नं १४ सम्मका जेष्ठ नागरिकको आँखा परिक्षण गरिने भएको छ ।
आँखा शिविरपछि शल्यक्रिया गर्नुपर्ने जेष्ठनागरिकको पछि नगरपालिकाकै खर्चमा पोखरामा शल्यक्रिया गरिने भएको छ । गत वर्ष आयोजना गरिएको आँखा शिविरमा ७ सय ७२ जनाको परिक्षण गरिएको थियो भने ४९ जनाको शल्यक्रिया गरिएको थियो । कार्यक्रममा व्यास २ का वडा अध्यक्ष काशीराम श्रेष्ठ, पूर्वनगरप्रमुख ताराप्रसाद श्रेष्ठ, आदीवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद तनहँुकी अध्यक्ष एवंम् व्यास ४की वडा सदस्य बसुन्धरा घर्ती लगायतले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *