३५ विद्यार्थीले गरे रक्तदान

Byखवरबाटिका

११ कार्तिक २०७८, बिहीबार १५:०३ ११ कार्तिक २०७८, बिहीबार १५:०३ ११ कार्तिक २०७८, बिहीबार १५:०३

कार्तिक ११, दमौली । जिल्लाको व्यास नगरपालिका १ विज्ञानचौर स्थित रहेको आदिकवि भानुभक्त क्याम्पसमा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रममा ३५ विद्यार्थीले रक्तदान गरेका छन् । क्याम्पसको व्यवस्थापन विद्यार्थी सर्कलले आयोजना गरेको रक्तदान कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै नेपाल रेडक्रस सोसाईटिका केन्द्रीय सदस्य प्रदिप घिमिरले यस्ता कार्यक्रमले विद्यार्थीलाई सामाजिक काम गर्न प्रेरित गर्ने बताए । उनले रक्तदान जीवनदान भएको बताउँदै नयाँ पुस्तालाई यो कार्यमा प्रेरित गर्नुपर्ने बताए । यस्ता कार्यक्रमले विद्यार्थीलाई सामाजिक काम गर्ने प्रेरित गरेको उनले बताए ।
उनले रक्तदान जीवनदान भएको बताउँदै नयाँ पुस्तालाई यो कार्यमा प्रेरित गर्नुपर्ने उनको भनाई थियो । क्याम्पस संचालक समितिका अध्यक्ष ब्रम्हदत्त तिमिल्सिनाले यो कार्यक्रमले विद्यार्थीलाई सामाजिक काम गर्न प्रेरित गरेको बताए । यस्ता कार्यक्रमलाई दिने बताउँदै यसलाई निरन्तरता दिने बताए ।
नेपाल रेडक्रस सोसाइटी तनहँु शाखाका उपसभापति ऋषिराम पोख्ररेलले रक्त संकलन महत्वपूर्ण भएको बताउँदै शरीरमा खेर गइराखेका रगत दान गर्न सबैलाई प्रेरित गर्नुपर्ने बताए । स्वस्थ व्यक्तिले गर्ने रगत दान धेरैको जीवन भएको बताउँदै रक्तदानको महत्वबारे जनचेतना जगाउनुपर्ने बताए । व्यवस्थापन विद्यार्थी सर्कलका अध्यक्ष दिनेश विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दमौली अस्पतालमा रहेको रक्तसञ्चार केन्द्रकी इञ्चार्ज जसोदा क्षेत्रीको नेतृत्वको टोलीले सहजीकरण गरेको थियो । कार्यक्रममा क्याम्पस प्रमुख महाप्रसाद हड्खले लगायतले बोलेको सर्कलका सचिव सुमन खड्काले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed