December 8, 2022

दमाैली – एलायन्स क्लब अफ तनहुँले आयोजना गरेको सेभेन ए साइड मैत्रीपुर्ण फुटबल प्रतियोगितामा लियो क्लब अफ तनहुँ बिजयी भएकाे छ ।  फाइनल खेलमा पेनाल्टीमा ३-२ गोलान्तरले रोट्याक्ट क्लब अफ दमाैलीलाई पछि पार्दै लियो क्लव अफ तनहुँ बिजेता भएकाे हो ।

बिजेता बनेकाे लियो क्लवले बोका उपहार पाएको छ भने उपबिजेता बनेको रोट्याक्ट क्लब अफ दमाैलीले टर्की जितेकाे छ । बिजेता र उपबिजेतालाई जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष अनिल पाण्डेले पुरस्कार प्रदान गरे । स्वास्थ जीवनको लागि खेलकुद अावश्यक रहेकाे भन्दै उनले खेलले आपसी भाइचाराको सम्बन्ध राम्रो बनाउन सहयाेग पुग्ने बताए ।

प्रतियोगितामा ६ टिमको सहभागीता रहेको कार्यक्रमका संयोजक अजित पन्थले जानकारी दिए । क्लबका अध्यक्ष सुदिप पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको उद्धघाटन व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले गरेका थिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *