श्रम प्रशासन सुधारका लागि आइएलओको सहयोग

Byखवरबाटिका

२७ मंसिर २०७८, सोमबार १५:१० २७ मंसिर २०७८, सोमबार १५:१० २७ मंसिर २०७८, सोमबार १५:१०

२७ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले नेपालको श्रम प्रशासन सुधारका लागि आवश्यक बिभिन्न सामाग्रीहरु सरकारलाई हस्तान्तरण गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज आयोजित कार्यक्रममा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का नेपाल निर्देशक रिचार्ड होवार्डले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठलाई बिभिन्न सामाग्रीहरु हस्तान्तरण गरे ।
आइएलओले ५ वटा मोटरसाइकल, २४ वटा ल्यावटप–प्रिन्टर लगायतका सामाग्री मन्त्री श्रेष्ठलाई हस्तान्तरण गरेको हो । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक वा देशभित्र रोजगारी गर्ने मजदुरको सुरक्षा र समस्या समाधानमा प्राविधिक सहयोग गर्दैं आएको निर्देशक होवार्डले बताए । मन्त्री श्रेष्ठले वैदेशिक रोजगारी क्षेत्र व्यवस्थीत गर्न आइएलओले गर्दै आइरहेको सहयोगका लागि धन्यवाद व्यक्त गरे ।
आइएलओको प्राविधिक सहयोगमा नेपालमा मर्यादित कामका लागि देशीय कार्यक्रम सन् २०१८–२०२२ सञ्चालनमा छ । नेपाल सन् १९६६ मा संयुक्त राष्ट्र संघको विशिष्टकृत संस्था अन्तराष्ट्रिय श्रम संगठनको सदस्य भएको थियो । श्रमिकको सीप विकास, श्रम शोषण र बाल श्रमविरुद्धका क्षेत्रमा आइएलओले नेपालमा काम गर्दै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *