ग्लोबल आईएमईकाे वित्तिय साक्षरता अन्तर्गत डिजिटल बैकिङ्ग सम्पन्न

Byखवरबाटिका

२९ मंसिर २०७८, बुधबार ११:०७ २९ मंसिर २०७८, बुधबार ११:०७ २९ मंसिर २०७८, बुधबार ११:०७

दमाैली – बैकिङ्ग सेवालाई सर्वसुलभ तथा विद्युतीय कारोबारलाई प्रबर्दन गर्ने उद्देश्यले ग्लोबल आईएमई बैक लि.काे आयोजनामा वित्तीय साक्षरता अन्तर्गत डिजिटल बैकिङ्ग सम्बन्धि कार्यक्रम दमाैलीमा सम्पन्न भएको छ ।

ग्राहकहरुलाई घरमै बसी विद्युतीय माध्यमबाट बैकिङ्ग सेवा तथा सुविधा उपयोग गरी कारोबार गर्न सहज बनाउने उद्देश्यले कार्यक्रमकाे आयोजना गरिएको बैकले जनाएकाे छ । ग्लोबल आईएमई बैक लि.को मोबाइल बैकिङ्ग प्रयोग गरी घरमै बसी कोभिड–१९ को महामारी जस्तो विषम परिस्थितीमा समेत आर्थिक कारोबार गरी सुरक्षित साथ बस्न सकिने ग्लाेबल आईएमई बैक वित्तिय व्यवस्थापन विभागकी प्रबन्धक निकीता भण्डारी थापाले जानकारी गराइन ।

कार्ड विभागका निराजन श्रेष्ठले डेबिड तथा क्रेडिट कार्डको फाईदा तथा उचित उपायोग र बैकको मिस्डकल बैकिङ्ग सेवाबारेमा सेवाग्राहीलाइ जानकारी गराएका थिए। हाल बैकले सबै क्षेत्र र वर्गसम्म बैकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यकासाथ देशका ७६ जिल्लामा २ सय ८७ शाखा सञ्जालन तथा अन्तराष्ट्रिय सम्पर्क कार्यालय सहित ८५० भन्दा बढि सेवा केन्द्रबाट २७ लाख ग्राहकलाई प्रत्यक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

कार्यक्रमको अन्त्यमा डिजिटल बैकिङ्गका बारेमा ग्राहकहरुको सुझाव संकलन तथा सचेत भई बैकिङ्ग सेवा कसरी सहजता साथ उपयोग गर्ने बारेमा ग्राहकलाई सुझाव दिईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *