चन्दा नपाएर होला प्रचण्डले शेयर बजारप्रति रिस पोख्दै बोले : ओली

Byखवरबाटिका

२९ मंसिर २०७८, बुधबार १६:१८ २९ मंसिर २०७८, बुधबार १६:१८ २९ मंसिर २०७८, बुधबार १६:१८ ,

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चन्दा नपाएको रिस पोखेको भनी आरोप लगाएका छन् । केही दिनअघि अध्यक्ष प्रचण्डले शेयर बजारबारे दिएको अभिव्यक्तिलाई लिएर ओलीले यस्तो आरोप लगाएका हुन् ।

बुधबार एमालेका ४४ केन्द्रीय सदस्यहरुलाई शपथ ग्रहण गराउने कार्यक्रममा बोल्दै उनले बताएका हुन् । लाखौँ लगानीकर्ता भएको नेपाली पुँजी बजारबारे प्रचण्डले हचुवाको भरमा बोलेको ओलीको आरोप थियो । उनले भने, ‘कुन चैँ सेयर कारोबारीले चन्दा दिएन होला र त्यर्सको रिसमा प्रचण्डले गलत बोले ।’ सेयर बजार डुबाउनलाई त्यस्तो बोलेको हुनसक्ने ओलीको भनाइ थियो ।

केही दिन अघि प्रचण्डले पुँजीको लगानी पुजीमै अर्थात् शेयर बजारमै हुनु भनेको साम्राज्यवादको विकसित रुप रहेको भनी विवास्पद अभिव्यक्ति दिएका थिए । उनले त्यसो भनेपछि शेयर बजारमा ठूलो अंकको गिरावट देखिएको थियो ।

यसै भनाइबारे अध्यक्ष ओलीले आफूलाई लेनिनभन्दा दुई कदमअघि देखाउन खोज्दै प्रचन्डले सेयर बजारलाई साम्राज्यवादीको विकसित रुप भनेको आरोप लगाएका हुन् । ‘लेनिनले भनेका थिए– पुँजीवाद विकसित भएर साम्राज्यवाद हुन्छ,’ ओलीले भने, ‘तर प्रचण्डले त सेयर बजारलाई साम्राज्यवादको विकसित रुप नै भनिदिए । यो गलत छ ।’

ओलीले प्रचण्ड र एमाले फुटाएर नेकपा एकीकृत समाजवादी पार्टी बनाएका माधव नेपाललाई अस्थिरताका सम्वाहक रहेको समेत आरोप लगाए । उनले भने, ‘नियन्त्रित अस्थिरताका सम्वाहक शक्ति यहाँ छन् । अहिले ती शक्तिहरुमा सबभन्दा चर्को गरी चल्ने प्रचण्ड एण्ड कम्पनी, माकुने एण्ड कम्पनी । सबभन्दा अहिले अस्थीरताका सम्बाहक तत्वहरु यिनीहरु नै हुन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *