ओमिक्रोनलाई कम नआँक्न डब्लुएचओको चेतावनी

Byखवरबाटिका

२९ मंसिर २०७८, बुधबार १६:२९ २९ मंसिर २०७८, बुधबार १६:२९ २९ मंसिर २०७८, बुधबार १६:२९

कोरोनाको तेस्रो भेरियन्ट ओमिक्रोन तीव्र गतिमा फैलिएको पाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले ओमिक्रोन तीव्र गतिमा फैलिइरहेको भन्दै यसलाई अवमूल्न गरे स्वास्थ्य प्रणाली अस्तव्यस्त हुनसक्ने समेत चेतावनी दिएको छ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अडानोम गेब्रेयससले यसअघिका भेरियन्टभन्दा तीव्र गतिमा ओमिक्रोन फैलिइरहेको भन्दै यसलाई कम नआँक्न आग्रह गरेका छन् ।

उनले पत्रकारसँग भनेका छन्, ‘ओमिक्रोनबाट कम घातक संक्रमण होला तर संक्रमणको संख्याले पुनः एकपटक तयारी अवस्थामा नरहेको स्वास्थ्य प्रणालीलाई अस्तव्यस्त बनाउन सक्छ ।’ हालसम्म ७७ मुलुकमा ओमिक्रोनका संक्रमित पुष्टि भइसकेको छ । अबका केही दिनमै ओमिक्रोन युरोपका केही देशमा सबैभन्दा प्रभावी भेरियन्ट हुनसक्ने संकेत देखिएको पनि उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *