ओमिक्रोन पुष्टि भएपछि गण्डकी प्रदेशमा कडाइ गरिने, महोत्सव नगर्न निर्देशन

Byखवरबाटिका

२३ पुष २०७८, शुक्रबार १८:५६ २३ पुष २०७८, शुक्रबार १८:५६ २३ पुष २०७८, शुक्रबार १८:५६

पोखरा – नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएपछि  गण्डकी प्रदेशमा कडाइ गर्ने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय गण्डकी प्रदेशले सिमानाकामा चेकजाँचलाई कडाइ गर्न तयारी गरिएको छ । संघको स्वास्थ्य मन्त्रालयले पनि ओमिक्रोन नियन्त्रणका लागि आवश्यक तयारी तुरुन्त गर्न भनेपछि ओमिक्रोन भाइरस बढ्न सक्ने आकलन सहित तयारी तीव्र पारिएको हो ।गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मधु अधिकारी गुरुङ सहितको बैठकमा ओमिक्रोन नियन्त्रणका लागि प्रदेशका नाकाहरूमा जाँचलाई तीव्रता दिने, प्रदेशका स्वास्थ्य संरचनालाई आवश्यक अन्य तयारी गरी उपकरण, स्वास्थ्य सामाग्री,जनशक्ति व्यवस्थापन अक्सिजन सिलिन्डर तथा अन्य तयारी यथाशीघ्र व्यवस्थापन गर्न निर्देशन दिए । उनले यस्तो अवस्थामा आयोजना गर्ने सबै खाले मेला महोत्सव बन्द गर्न सम्बन्धित निकायमा कुराकानी गर्न पनि सचिवलाई निर्देशन दिएका छन् । मानिसको स्वास्थ्य भन्दा ठुलो अरु कुरा नभएकाले आवश्यक परे स्मार्ट लकडाउन सम्म पनि जान पर्ने अवस्था आउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विनोद बिन्दु शर्माले जानकारी दिए । यसअघि गरिएको हेलो डाक्टर,कोरोना अपडेट लगायतका कामहरू पनि सुरु गरिने भएको छ । मन्त्रालयको ग्राफ अनुसार गण्डकी प्रदेशको कास्की, म्याग्दी,लमजुङ, नवलपुर लगायतका जिल्ला स्मार्ट लकडाउनको अवस्थामा पुगेका छन् । भारत सँग सीमा जोडिएका नाकाहरूमा सरकारले १ १ हजार बेडको आइसोलेसन निर्माण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *