December 10, 2022
पाेखरा- चिल्ड्रेन नेपालको आयोजनामा संस्थाद्वारा सहयोग गरि पठनपाठन गरिरहेका बालबालिकाहरुको संगठित समुह प्रेरणा बाल क्लबका सदस्यहरुको निम्ति जिबन उपयोगी सीप तथा नेतृत्व विकास तालिम आज सम्पन्न भएको छ । तालीममा जीवन उपयोगी सीप र शिक्षा , बाल क्लबमा र समुदायमा नेतृत्व कसरी गर्न सकिन्छ बालबालिकाका सवालमा भन्ने बिसयमा सहजीकरण भएको थियो । तालिम समापनको अबसरमा सहभागीले  तालीम अत्यन्तै प्रभावकारी भएको र आज सिकेको बिषय र तौरतरिका लाई आफ्नो जिवनमा कार्यनयन गर्दै अगाडि बढ्ने कुरामा बताएका थिए। कार्यक्रममा संस्थाको सहयोगमा सामुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत बाल क्लबका १८ जना बालबालिकाहरुको सहभागिता रहेको थियो । तालिममा बरिस्ठ कार्यक्रम अधिकृत एबम  बालबालिका युवा तथा परिबार कल्याण शाखा प्रमुख शारदा शर्मा र सहायक सयोजकद्वय सुनिता तिमिल्सिना र लीला न्यौपानेले सहजीकरण गर्नु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *