दमौलीः तनहुँको भानु नगरपालिका वडा नं १ नयाँबस्तीकी ७३ वर्षीया बृद्धा मिनाकुमारी गन्धर्वलाई आफनै छोरा विक्रम गन्धर्वले कुटपिट गरेका छन् । मंगलबार साँझ विक्रमले घरमै मरणासन्न हुने गरि कुटपिट गरेको हुन । आफनै छोराले कुटपिट गरेको थाहापाएपछि मानवअधिकार समुहकी सदस्य तुलसी गैरेको पहलमा बृद्धाको उपचार गरिएको छ । गैरेले नै बृद्धालाई घरबाट उद्धार गरि स्वास्थ्य चौकीसम्म पु¥याएकी थिईन् । इन्सेक अभियानसंग आवद्ध मानवअधिकार समुहकी सदस्य गैरे सहितका स्थानीय बासिन्दाले बुधबार इलाका प्रहरी कार्यालय नारेश्वरटारमा गई कुटपिटमा संलग्नलाई कारवाहीको माग गर्दै उजुरी समेत दिएका छन् । प्रहरीले आमालाई कुटपिट गर्ने छोरालाई मंगलबार साँझ नै नियन्त्रण गरेको थियो । बिक्रम छारे बिरामी भएको भन्दै प्रहरीले बुधबारदेखि दैनिक रुपमा प्रहरी कार्यालयमा हाजिरी हुने गरि तारेखमा राखिएको बताईएको छ ।यसैबिच बुधबार घाइते वृद्धको थप उपचारका लागि इन्सेकको तर्फबाट रु पाँच हजार रुपैया सहयोग गरिएको इन्सेक तनहुँका प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले जानकारी दिए ।