वैशाख ३० गते तनहुँमा अत्यावश्यक बाहेकका सवारी साधन चलाउन नपाइने

Byकिरण श्रेष्ठ

२६ बैशाख २०७९, सोमबार १५:३९ २६ बैशाख २०७९, सोमबार १५:३९ २६ बैशाख २०७९, सोमबार १५:३९

तनहुँ । यहि वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचनको मतदानको दिन अत्यावश्यक बाहेकका सवारी साधन बन्द रहने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।

मतदानको दिन बिहान ६ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म शववाहन, एम्बुलेन्स, दमकल, अस्पताल, विद्युत, खानेपानी, दुरसञ्चार जस्ता अत्यावश्यक सेवा र अनुमती लिएका सवारी साधनहरु बाहेक अन्य सम्पूर्ण यातायातका साधनहरु (सार्वजनिक, निजी) बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

सुचना विपरित सवारी साधन सञ्चालन भएमा प्रचलित कानुन बमोजिम कारवाही गरिने प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *