शुक्लागण्डकीको वडाअध्यक्षका उम्मेदवार पन्तकाे गाडी ताेडफाेड

Byकिरण श्रेष्ठ

३० बैशाख २०७९, शुक्रबार ०६:१५ ३० बैशाख २०७९, शुक्रबार ०६:१५ ३० बैशाख २०७९, शुक्रबार ०६:१५

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नम्बर २ का वडाअध्यक्षका उम्मेदवार शंकर पन्तको गाडी तोडफोड भएको छ ।

अज्ञात समुहले गएराती घर अगाडि राेकिराखेकाे गाडी ताेडफाेड गरेकाे उम्मेदवार पन्तले जानकारी दिए ।

उनलेे प्रयोग गर्दै आएको कारको सिसा फुटाइएको छ ।

पन्त नेकपा माओवादी केन्द्रबाट शुक्लागण्डकी-२ मा वडाअध्यक्ष पद मा उम्मेदवार बनेका हुन ।

सामाजिक संजालमा तस्वीर राख्दै पन्त लेख्छन् ‘कठ्ठै तिम्रो साेच, राखेकाे गाडिमा ताेडफाेड गरेर के पायौं ?
म डर भएकाे मान्छे हाेईन, डराउन दिने तिमिहरुकाे चेस्टाले झन् मझबुत गराएकाे छ मलाई ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box