तनहुँ । तनहुँको ऋषिङ गाउँपालिका वडा नम्बर १ मा वाम गठबन्धनबाट माओवादी केन्द्रका कुश बहादुर थापा विजयी भएका छन् ।

थापा झिनो मतान्तरले विजयी भएका हुन् । थापाले नेपाली कांग्रेसका खिम बहादुर थापालाई ५ मतान्तरले पराजित गरेका हुन् ।

वडासदस्यहरुमा भने नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । जित भईसक्यो अब औपचारीक घोषणा हुन बाँकी भएको नेकपा एमाले ऋषिङ गाउँकमिटिका सचिव कविराज श्रेष्ठले मतगणना स्थलबाट जानकारी दिए ।

तनहुँको ऋषिङ गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच वाम गठबन्धन रहेको छ ।

गत २०७४ को स्थानीय तहको निर्वाचनमा ऋषिङ नेपाली कांग्रेसले क्लिन स्विप गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *