तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका वडा नं १ मा नेकपा एमालेका शिवकुमार श्रेष्ठ विजयी भएका छन् । आइतबार सम्पन्न मतगणनामा वडाअध्यक्षमा विजयी श्रेष्ठले ९०९ मत पाएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका भानुभक्त पोख्रेलले ६८१ मत र नेपाली काग्रेसका इमनाथ खनालले ६७६ मत पाएका छन् । गत २०७४ को निर्वाचनमा यो वडामा माओवादीले जित हासिल गरेको थियो । वडाअध्यक्षमा पराजित पोख्रेल बन्दिपुर-१ का निवर्तमान अध्यक्ष हुन् ।
एमालेले अध्यक्ष र दुई वडा सदस्य जितेको छ । महिला वडा सदस्यमा नेकपा एमालेका रोशन बराकोटी ७९४, खुल्ला सदस्यमा एमालेकै डिलबहादुर रानाले ७२३ मत प्राप्त गरी विजयी भएका छन् ।
दलित महिला सदस्यमा नेकपा माओवादी केन्द्रका कोशिला परियार विकले ७५४ र खुल्ला सदस्यमा माओवादीकै प्रेमबहादुर शाहीले ७४६ मत प्राप्त गरी विजयी भएका छन् ।