तनहुँ । तनहुँको भानु नगरपालिकामा नेकपा एमालेको खाता खोलेको छ । भानु-२ मा नेकपा एमालेबाट वडाध्यक्षमा केशवराज त्रिपाठी विजयी भएका छन् । त्रिपाठीले ६२२ मत ल्याएर विजयी भएका हुन । वडाध्यक्षमा ३ मतान्तरले एमालेका त्रिपाठी विजयी भएका हुन् ।

उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका नवीनराज दाहालले ६१९ मत प्राप्त गरेका छन् ।

सदस्यमा एमालेकै मीनाकुमारी श्रेष्ठ ६३३ मत प्राप्त गरी विजयी भएकी छन् । महिला सदस्यमा बराबर भएपछि गोला प्रथाबाट उनी विजयी भएकी हुन् ।

दलित महिला सदस्यमा नेपाली काङ्ग्रेसका चनमाया बसेल ६३८, खुल्ला सदस्यमा काङ्ग्रेसकै तुलबहादुर गुरुङ ६२४ र विवेक श्रेष्ठ ६२९ मत प्राप्त गरी विजयी भएका छन् ।

गत २०७४ को निर्वाचनमा यो वडा नेपाली कांग्रेसले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *