घिरिङ । तनहुँको घिरिङ गाउँपालिका-१ मा नेपाली काङ्ग्रेसको प्यानल विजयी भएको छ । गत २०७४ को निर्वाचनमा पनि यो वडा काङ्ग्रेसले जितेको थियो ।

आइतबार सम्पन्न मतपरिणाम अनुसार वडाध्यक्षमा रविचन्द्र घोरासिनी ११२८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विष्णुप्रसाद ढकालले ९१२ मत प्राप्त गरेका छन् ।

महिला वडा सदस्यमा काङ्ग्रेसकी मिना आलेले ११०९, दलित महिला सदस्यमा लक्ष्मी सुनारले १०९०, खुल्ला सदस्यमा जगतबहादुर कुमालले १०२६ र माधव चन्दले १०६२ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *