देवघाट । तनहुँको देवघाट गाउँपालिका-४ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । देवघाट-४ को वडाध्यक्षमा नेकपा एमालेका मित्रलाल गुरुङ ४१२ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका पदमबहादुर गुरुङले ३६७ मत प्राप्त गरेका छन् ।

महिला सदस्यमा एमालेका पुनमाया गुरुङले ४२२, दलित महिला सदस्यमा सपना सुनारले ४१६, खुल्ला सदस्यमा बुद्धिमान भुजेलले ३९३ र शुकबहादुर थापा मगरले ४२४ मत प्राप्त गरेर विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *