घिरिङ । तनहुँको घिरिङ गाउँपालिका-२ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा नेकपा एमालेका नरबहादुर थापा १०१७ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका विष्णुवीर थापाले ५७ मत प्राप्त गरेका छन् ।
यस्तै महिला सदस्यमा नेकपा एमालेकै सनम थापा १०१२, दलित महिला सदस्यमा सुकमाया सुनार रामदामले ९६३, खुल्ला सदस्यमा आशबहादुर थापाले ९६० र धनबहादुर रानाले ९७१ मत प्राप्त गरी निर्वाचित भएका छन् ।