ऋषिङ । तनहुँको ऋषिङ गाउँपालिका-२ मा नेपाली काङ्ग्रेसको प्यानल नै विजयी भएको छ । आइतबार बिहान सार्वजनिक मतपरिणाम अनुसार काङ्ग्रेसका वडाध्यक्ष उम्मेदवार दलबहादुर थापा ४६१ मत प्राप्त गरी विजयी भएका छन् ।

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका टेकबहादुर थापाले ३४९ मत प्राप्त गरेका छन् ।

महिला वडा सदस्यमा नेपाली काङ्ग्रेसका पानकुमारी खाँणले ४६७, दलित महिला वडा सदस्यमा जमुना माया दमैले ४४९, सदस्यमा देविनबहादुर शाहीले ४४८ र पहलसिं सारुले ४५५ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *