भानु । तनहुँको भानु नगरपालिका-१३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार कृष्णबहादुर अधिकारी विजयी भएका छन । अधिकारीले ५२१ मत प्राप्त गरी वडाअध्यक्षमा विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका रामबहादुर बानियाँले ४६५ मत र स्वतन्त्र उम्मेदवार सीताराम बानियाँले २१० मत पाएका छन् । पराजित बानियाँ भनौ-१३ का निवर्तमान वडाअध्यक्ष समेत हुन् ।

यस्तै वडासदस्यहरुमा भने नेपाली काङ्ग्रेसका उम्मेदवारहरु विजयी भएका छन् । महिला सदस्यमा सकिना खातुनले ६७९, दलित महिला सदस्यमा शान्ता मौरातीले ६३६, खुल्ला सदस्यमा चन्द्र विवश गुरुङले ६५३ र भिमसेन अधिकारीले ५७५ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box