ऋषिङ । तनहुँको ऋषिङ गाउँपालिका-५ को वडाध्यक्षमा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा बुद्धिमान राना मगरले ८२२ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका भुवनबहादुर रानाभाटले ६०७ मत प्राप्त गरेका छन् ।
महिला सदस्यमा हरिकला कंडेलले ८२३, दलित महिला सदस्यमा हिरामाया नेपालीले ८१२, खुल्ला सदस्यमा दलबहादुर थापाले ७९८ र शुकबहादुर दरैले ७७४ मत प्राप्त गरी विजयी भएका छन् ।