तनहुँको याम्पाफाँट र घाँसीकुवा सडकखण्ड आइतबारदेखि दैनिक ५ घण्टा बन्द हुने

Byकिरण श्रेष्ठ

२० जेष्ठ २०७९, शुक्रबार ०७:५२ २० जेष्ठ २०७९, शुक्रबार ०७:५२ २० जेष्ठ २०७९, शुक्रबार ०७:५२

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवा खण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ ।

मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत उक्त खण्डमा सडक खन्ने कार्य गर्नुपर्ने भएकाले दैनिक पाँच घण्टा सडक बन्द गर्न लागिएको हो ।

आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि राति ११ बजेदेखि बिहान ४ बजेसम्म यातायात आवागमन बन्द रहने मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) तनहुँका आयोजनाले जनाएको छ ।

सो समय अगाडी वा पछाडि मात्र उक्त सडक वारपार गरिदिन सर्वसाधारणलाई आग्रह गर्दै यसबाट सर्वसाधारणमा पर्न जाने असुविधा प्रति सडक योजना क्षमाप्रार्थी रहेको बताइएको छ ।

तनहुँको याम्पाफाँट र घाँसीकुवा सडकखण्ड आइतबारदेखि दैनिक ५ घण्टा बन्द हुने

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवा खण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ ।

मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत उक्त खण्डमा सडक खन्ने कार्य गर्नुपर्ने भएकाले दैनिक पाँच घण्टा सडक बन्द गर्न लागिएको हो ।

आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि राति ११ बजेदेखि बिहान ४ बजेसम्म यातायात आवागमन बन्द रहने मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) तनहुँका आयोजनाले जनाएको छ ।

सो समय अगाडी वा पछाडि मात्र उक्त सडक वारपार गरिदिन सर्वसाधारणलाई आग्रह गर्दै यसबाट सर्वसाधारणमा पर्न जाने असुविधा प्रति सडक योजना क्षमाप्रार्थी रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *