लायन्स क्लब तनहुँ म्याग्देको अध्यक्षमा सुन्दरमणि

Byकिरण श्रेष्ठ

२३ जेष्ठ २०७९, सोमबार १३:२३ २३ जेष्ठ २०७९, सोमबार १३:२३ २३ जेष्ठ २०७९, सोमबार १३:२३

म्याग्दे । लायन्स क्लब अफ तनहुँ म्याग्देको वर्ष २०२२।०२३ को अध्यक्षमा सुन्दरमणि अधिकारी सर्वसम्मत चयन भएका छन् ।

शनिबार सम्पन्न तेश्रो अधिवेशनबाट अध्यक्षमा अधिकारी शतप्रतिशत भोट प्राप्त गरी अध्यक्षमा चयन भएका हुन् । अधिवेशनबाट प्रथम उपाध्यक्षमा गौरवराज राना, द्धितिय उपाध्यक्षमा पशुपति अर्याल तथा तृतिय उपाध्यक्षमा सन्जिव घिमिरे चयन भएका छन् । क्लबका सचिवमा पोष्टमान श्रेष्ठ चयन भए।

शनिबार आयोजित कार्यक्रममा नवनिर्वाचितलाई क्लबले बधाइ ज्ञापन गरेको थियो । म्याग्दे क्षेत्रमा युवा सहभागीतामा रचनात्मक सामाजिक कार्य गर्ने नवनिर्वाचित अध्यक्ष अधिकारीले प्रतिवद्धता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed