आँबुखैरेनी-मुग्लिन सडकखण्ड बेलुका ७ बजेबाट बिहान ५ बजेसम्म बन्द रहने

Byकिरण श्रेष्ठ

२७ जेष्ठ २०७९, शुक्रबार २०:४० २७ जेष्ठ २०७९, शुक्रबार २०:४० २७ जेष्ठ २०७९, शुक्रबार २०:४०

तनहुँ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड शुक्रबार बेलुका ७ बजेदेखि शनिबार बिहान ५ बजेसम्म बन्द रहने भएको छ ।

उक्त खण्ड मर्मतका लागि अर्को सूचना नआएसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि बन्द गरिने जिल्ला प्रशासन कार्यलय तनहुँले जनाएको छ ।

लगातार वर्षाका कारण पहिरो गई सडक खण्डमा क्षति पुगेको हुँदा ठूला सवारी साधनहरुलाई वैकल्पिक बाटोबाट यातायात सञ्चालन गर्न आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिए ।

जिल्लाको आँबुखैरेनी–४ साँखरस्थित मर्स्याङदी विद्युत गृह नजिकै शुक्रबार बिहान सडक भासिएपछि अवरुद्ध भएको थियो ।

सडक भासिएपछि बिहानैदेखि अलपत्र सर्वसाधारणलाई पैदल हुँदै वारपार गराइएको थियो । साना सवारी साधन पनि समय–समयमा सञ्चालनको व्यवस्था मिलाइएको थियो ।

ठुला माल वहाक सवारी चल्न केहि दिन लाग्ने प्रहरीले जनाएको छ ।

सूचना :

Leave a Reply

Your email address will not be published. Required fields are marked *