आँबुखैरेनी-मुग्लिन सडक खण्डमा आज साना गाडी मात्र चल्ने

Byकिरण श्रेष्ठ

२८ जेष्ठ २०७९, शनिबार ०९:२० २८ जेष्ठ २०७९, शनिबार ०९:२० २८ जेष्ठ २०७९, शनिबार ०९:२०

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत पर्ने तनहुँको आँबुखैरेनी-मुग्लिन सडक खण्डमा आज साना गाडी मात्र सञ्चालनमा हुने भएको छ ।

सडक संचालनको लागी भित्ता खार्ने काम समेत हुने प्रहरीले जनाएको छ ।

जिल्लाको आँबुखैरेनी-४ मर्स्याङ्दी विद्युत् गृह नजिकै शुक्रबार बिहान सडक भासिएपछि सडक अवरूद्ध भएको थियो ।

सडक मर्मतका लागि अर्को सूचना नआएसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि सबै किसिमका सवारी सञ्चालनमा रोक लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed