तनहुँका स्थानीय तहको कार्यपालिकामा कांग्रेस पहिलो तेस्रो माओवादी

Byकिरण श्रेष्ठ

२९ जेष्ठ २०७९, आईतवार १३:१८ २९ जेष्ठ २०७९, आईतवार १३:१८ २९ जेष्ठ २०७९, आईतवार १३:१८

तनहुँ । तनहुँका १० वटै स्थानीय तहका कार्यपालिकाले पूर्णता पाएको छ । स्थानीय तह निर्वाचन अन्तर्गत जिल्लाको चार नगरपालिका र ६ गाउँपालिकाको कार्यपालिकाले पूर्णता पाएको हो ।

नगरपालिकामा ८ जना कार्यपालिका सदस्य निर्वाचित हुनेमा ५ जना महिला वडा सदस्यबाट र ३ जना दलित/ अल्पसंख्यकबाट निर्वाचित हुने प्रावधान अनुसार कार्यपालिका सदस्य चयन गरिन्छ ।

जिल्लाको व्यास नगरपालिका, भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, देवघाट गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिकामा कार्यपालिकाले पूर्णता पाइसकेको छ ।

कार्यपालिकाले पूर्णता पाएका मध्ये व्यास नगरपालिका र भानु नगरपालिका, देवघाट गाउँपालिका, म्याग्दे  गाउँपालिका, ऋषिङ गाउँपालिकामा कांग्रेसको एकल बहुमत पुगेको छ भने बन्दिपुर  गाउँपालिकामा कांग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धनको बहुमत पुगेको छ ।

भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका र घिरिङ गाउँपालिकामा नेकपा (एमाले)को र आँबुखैरेनी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)को एकल बहुमत पुगेको छ ।

जसअनुसार जिल्लाको स्थानीय तहको कार्यपालिकामा कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्र तेस्री भएको देखिन्छ ।

जिल्लाको दुई पालिकामा नेकपा एकीकृत समाजवादीले समेत २ कार्पालिका सदस्य पाएको छ । जिल्लाको भानु नगरपालिका र व्यास नगरपालिकामा १/१ जना कार्यपालिका सदस्यमा चयन हुने भएको छ ।

अब जिल्लाको जिल्ला समन्वय समितिको निर्वाचन मात्रै बाँकी रहेको छ  । जहाँ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन हुने भएको छ । जहाँ कांग्रेसको १० र माओवादीको ४ मत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *