बेलायतमा मासिक ४ लाख तलब पाउने गरी १० हजार नर्स पठाइने

Byखवरबाटिका

३० जेष्ठ २०७९, सोमबार २१:३१ ३० जेष्ठ २०७९, सोमबार २१:३१ ३० जेष्ठ २०७९, सोमबार २१:३१

काठमाडौ । सरकारले बेलायतमा मासिक करिब ४ लाख तलब प्राप्त हुने गरी रोजगारीका लागि नेपाली नागरिक पठाउने प्रक्रिया सुरु गरेको बताएको छ ।

बजेटको मन्त्रालयतगत शीर्षक माथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले १० हजार जनशक्ति बेलायत पठाउने गरी सम्झौता गर्न लागेको जानकारी दिएका हुन् । उनका अनुसार बेलायतमा नर्सलाई पठाउन लागिएको हो ।

मन्त्री श्रेष्ठले जापान, कोरिया, न्युजिल्याण्ड लगायतका देशमा श्रमिक पठाउनका लागि समेत पहल भइरहेको बताएका छन् ।

सांसदहरुले मन्त्री श्रेष्ठलाई श्रमिकलाई बाँच्न पुग्ने न्युनतम ज्याला हुनुपर्ने, रोजगारी सिर्जनामा ध्यान दिनुपर्ने, स्वरोजगार र विदेशमा गएकाहरुको सुरक्षा गर्नुपर्ने, वैदेशिक रोजगारी घटाउने योजना हुनुपर्ने, श्रम स्वीकृति सातै प्रदेशबाट हुनुपर्ने, सरकार-सरकार मार्फत विभिन्न देशहरुसँग श्रम सम्झौता गर्नुपर्ने लगायतका सुझाव दिएका थिए ।

जवाफ दिँदै मन्त्री श्रेष्ठले सांसदहरुले उठाएका प्रत्येक प्रश्न र सुझाव अनुसार अगाडि बढ्न आफू प्रतिवद्ध रहेको बताए ।

श्रममन्त्री श्रेष्ठले जापानमा रोजगारीका लागि रुमिक पठाउनका लागि छिट्टै प्रक्रिया अघि बढाइने पनि बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *