बन्दीपुरको बोडीस्वारामा दिउँसै चितुवाको आक्रमण: ५ वर्षीय बालकको मृत्यु

Byकिरण श्रेष्ठ

३१ जेष्ठ २०७९, मंगलवार १७:२५ ३१ जेष्ठ २०७९, मंगलवार १७:२५ ३१ जेष्ठ २०७९, मंगलवार १७:२५

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकामा मंगलबार पुन: चितुवाले आक्रमण गरेको छ । चितुवाको आक्रमणबाट बन्दीपुर-१ बोडीस्वारामा ५ वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बन्दिपुर-१ बोडीस्वारा निवासी प्रेम बगलेका ५ वर्षीय छोरा सुप्रीम बगाले रहेको बन्दीपुर-१ का वडाध्यक्ष शिव कुमार श्रेष्ठले जानकारी दिए ।

चितुवाले लगेपछी स्थानीयले खोजि गर्दा घरभन्दा २ सय मिटर माथिको छपेली सामुदायिक वनमा मृत अवस्थामा बालक फेला परेको वडाध्यक्षले बताए । उनले भने ‘अहिले केहि समय अगाडी घरको आगनमा दिदिभाई खेलिरहेको समयमा चितुवाले भाईलाई लगेछ ।’

बालकको घाटीमा चितुवाले टोकेको दातको डाम रहेको वडाध्यक्षले जानकारी दिए । गत शनिबार चितुवाले आक्रमण गरेको बाघदलेबाट आजको ठाउँ ६०० मिटर दक्षिणमा रहेको वडाध्यक्ष श्रेष्ठले बताए ।

गत शुक्रबार र शनिबार बन्दिपुर-१ र ४ मा चितुवाको आक्रमणबाट स्थानीय दुई जना घाइते भएका थिए ।

One thought on “बन्दीपुरको बोडीस्वारामा दिउँसै चितुवाको आक्रमण: ५ वर्षीय बालकको मृत्यु”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed