July 3, 2022

पृथ्वी राजमार्ग अवरुद्धको फाइल तस्वीर । तस्वीर सौजन्य : दानबहादुर गुरुङ ।

चितवन । पहिराेले पृथ्वी राजमार्गकाे मुग्लिन नाैबिसे सडकखण्ड दिउँसो २ बजेदेखि अबरुद्ध बनेको छ ।

चितवनकाे इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरस्थित पृथ्वी राजमार्गमा माथिबाट पहिरो झरी बाटो दुईतर्फी अवरूद्व बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मुग्लिनबाट गएको प्रहरीसहितकाे सडक विभागको टाेलीले सडक खुलाउने प्रयास गरिरहेकाे छ । सडक अवरुद्ध हुँदा काठमाडौ‌ं जाने र मुग्लिनतर्फ आउने गाडी सवारी साधन र यात्रु राेकिएका छन् ।

Leave a Reply

Your email address will not be published.

सामाजिक विकास कार्यालय तनहुँ

Holler Box