तनहुँ । तनहुँको दमौलीमा रहेर सामाजिक क्षेत्रमा सक्रिय संस्था एलायन्स क्लब अफ तनहुँको वर्ष २०२२/२३ को लागि अध्यक्षमा विनय राउत चयन भएका छन् ।
क्लबको बैठकले सर्वसम्मतिमा राउतलाई अध्यक्षमा चयन गरेको हो ।
क्लबको प्रथम उपाध्यक्षमा अजित पन्थ, दित्तिय उपाध्यक्षमा सन्तोष श्रेष्ठ, सचिवमा जोहर मिया, कोषाध्यक्षमा सुशासन अधिकारी, सहसचिवमा सुमिन मिश्र, सहकोषाध्यक्षमा केसवती दुरा, जनसम्पर्क अधिकारी साने बहादुर नेपाली, क्लब सर्भिस डाइरेक्टर मिलेन्द्र लाल श्रेष्ठ, स्वास्थ्य विभाग प्रमुख कृष्ण गिरी, प्रमोसन अफिसर अर्जुन पौडेल, मेम्बरसिप ग्रोथ अफिसर सञ्जित खनाल, फेलोसिप अफिसर होमनाथ सुवेदी र सम्पादक सुसान पन्थ चयन भएका छन ।
क्लबले धार्मिक स्थलहरुको सरसफाई, गौसंरक्षण केन्द्र पुगेर गाइलाई दाना खुवाउने, मानसिक रोगीको लागि हेरचाहको लागि पहल गर्ने, आर्थिक अवस्था कमजोर छात्रछात्राहरुलाई स्टेशनरी, पोशाक सहयोग गर्ने जस्ता कार्य गर्दै आएको छ ।
वर्ष २०२२/२३ का नवनियुक्त अध्यक्ष विनय राउतले आगामी दिनहरुमा युवाहरुलाई लक्षित गरि नेतृत्व विकास तालिम लगाएत सचेतना मुलक कार्यक्रमहरु आयोजना गरिने बताएका छन् ।