तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित साँगे खोलामा माछा मार्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ ।
शुक्रबार जिल्लाको म्याग्दे गाउँपालिका–७ निवासी १८ वर्षीय रुपेश विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
विकसंगै माछा मार्न गएका स्याङ्जा घरभई हाल मामा घरमा आएका १७ वर्षीय विशाल उचैलाई भने डुब्दै गरेको अवस्थामा स्थानीयले जीवितै उद्दार गरेको प्रहरीले जनाएको छ ।
विशालको अहिले दमौली अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । डुबेर घाइते भएका उचै अहिले खतरामुक्त छन् ।