July 3, 2022

तनहुँ । भलिबल सङ्घ तनहुँको अध्यक्ष पदमा पदम सुनार चयन भएका छन । संघको तेस्रो अधिवेशनबाट उनी पुनः सो पदमा चयन भएका हुन् ।

सङ्घको उपाध्यक्षमा रमेशकुमार श्रेष्ठ, लक्ष्मण गुरुङ, महासचिवमा अशोक गिरी, कोषाध्यक्षमा विमल राना र सदस्यमा चक्र कुँवर, राजु राई, तुलबहादुर थापा, तिलबहादुर थापा, किसान थापा, लक्ष्मी कुमाल, मदन थापा, शम्सेर लम्साल चयन भएका छन् ।

प्रदेश प्रतिनिधिमा टुकबहादुर गुरुङ र गोपाल थापा चयन भएका छन् ।

अधिवेशनमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले भलिबलले तनहुँलाई देशभर चिनाउन सफल भएको बताए । कार्यक्रममा समितिका निवर्तमान अध्यक्ष ऋषिराम भुसाल, भलिबल सङ्घका केन्द्रीय सचिव डिबी नेपाली, केन्द्रीय सदस्य राजकुमार श्रेष्ठ, पश्चिमाञ्चल भलिबल सङ्घका उपाध्यक्ष नवीन गुरुङ लगायतले भलिबलको विकासका लागि सरकारले ध्यान दिनुपर्ने बताए ।

Leave a Reply

Your email address will not be published.

सामाजिक विकास कार्यालय तनहुँ

Holler Box