तनहुँ । जिल्ला समन्वय समिति तनहुँको नेतृत्व टुंगिएको छ । सोमबार हुने भनिएको निर्वाचनका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले आफ्ना उम्मेदवारको टुंगो लगाए संगै जिससको नेतृत्व नै टुंगो लागेको हो ।

कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन हुने भएपछि कांग्रेसले प्रमुख सहित ६ र माओवादी केन्द्रले उपप्रमुख सहित ३ जना उम्मेदवारको टुंगो लगाएका हुन् ।

आइतबार बसेको कांग्रेस तनहुँको संसदीय दलको बैठकले जिसस प्रमुखमा शान्तिरमण वाग्लेलाई दोहोराउने निर्णय गरेको छ । यो संगै उनि पुनः जिसस तनहुँको प्रमुखमा विजयी भएका छन ।

गत २०७४ सालमा सम्पन्न जिससको निर्वाचनबाट प्रमुखको जिम्मेवारी पाएका वाग्ले यो पटक पनि प्रमुख पदमा लागी पार्टीबाट चयन भएका हुन ।

त्यस्तै कांग्रेसले सदस्यमा भानु–१३ का चिरन्जीवी ढकाल, आबुँखरैनी–४ का नेत्र गुरुङ, ऋषिङ–२ की पानकुमारी खाँण, शुक्लागण्डकी–१० की तिलादेवि राना र म्याग्दे–४ का डोलबहादुर सुनारलाई उम्मेदवार बनाउने भएको नेपाली कांग्रेसका जिल्ला सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए । ऊनीहरु पनि निर्विरोध सदस्यमा निर्वाचित भएका छन ।

त्यस्तै नेकपा माओवादी केन्द्र तनहुँले जिल्ला समन्वय समितिको उपप्रमुखमा आबुँखरैनी–२ का वडासदस्य बासुदेव थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै सदस्यमा शुक्लागण्डकी–११ का खिमलाल भण्डारी र महिला सदस्यमा बन्दीपुर–५ की लक्ष्मी गुरुङको नाम टुंगाएको नेकपा माओवादी केन्द्रले जनाएको छ । ऊनीहरु सबै विजयी भएका छन ।

गठबन्धन बाहेक अन्य दलले उम्मेदवारी नदिएपछि उनिहरु स्वत विजयी भएका हुन । दुबै पार्टीका नेताहरुबीच शनिबार भएको बैठकले गठबन्धन गर्ने सहमति निर्णय गरेको थियो ।

तनहुँमा २० मत मध्ये नेपाली कांग्रेसको १० मत रहेको छ भने नेकपा माओवादी केन्द्रको ४ मत र नेकपा एमालेको ६ मत रहेको छ ।

गत २०७४ सालको समन्वय समितिको निर्वाचनमा नेपाली कांग्रेसको प्यानल नै निर्वाचित भएको थियो । २० मत मध्ये १२ मत ल्याएर नेपाली कांग्रेसबाट शान्तिरमण वाग्ले प्रमुखमा निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *