तनहुँ । पाठेघरमा काठ टुक्रा अड्किएकी बालिकाको उपचारका लागी व्यास नगरपालिकाले आर्थिक सहयोग गरेको छ ।
व्यास नगरपालिकाले उनले उपचारका लागी ५० हजार सहयोग आर्थिक सहयोग गरेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।
विद्यालय जाने क्रममा खोला तर्दा खोलाले बगाएर घाइते भएकी व्यास ११ कि विद्यार्थी युविना थापाको नगरपालिकाले सो सहयोग गरेको हो ।
व्यास ११ स्थित बुल्दी खोलाले बगाउदाँ थापा ह्युम पाइपमा अड्किएकी थिइन र उनलाई चोटपटक लागेको थियो ।
उनको अहिले पोखरा स्थित फिस्टेल हस्पिटलमा उपचार भइरहेको छ ।
यसैगरी वेदव्यास प्रा.वि व्यास-४ मा अध्ययनरत ७ वर्षिय विप्लब परियारलाई पनि व्यास नगरपालिकाले सहयोग गरेको छ ।
विद्यालयको खेलकुद क्रियाकलापमा सहभागि हुदाँ गोडा भाँचिएर घाइते भएका परियारलाई पालिकाले सहयोग गरेको नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।
साथै नगर प्रमुख न्यौपानेले हाल विपदजन्य घटना बढ्दै गइरहेकाले सम्पुर्ण नगरबासी संयम रहन र विपद्को यस घडिमा एक आपसमा सहयोगि भावनाले अगाडि बढ्न सम्पुर्ण नगरबासीहरुमा अनुरोध गरेका छन ।