तनहुँ । तनहुँका ३९ हजारभन्दा बढी बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको फाइजर खोप लगाइने भएको छ । भोलि भदौ ७ गतेदेखि खोप लगाइने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।
पाँचदेखि १२ वर्षमुनिका ३९ हजार ७८० बालबालिकालाई विद्यालयमै फाइजर खोप लगाउन लागिएको प्रमुख अधिकारीले जानकारी दिए । उक्त तथ्यांक स्थानीय तहबाट कार्यालयमा आएको उनले बताए ।
जिल्लाका १२० विद्यालय मार्फत बालबालिकालाई खोप लगाइने र खोप अभियान सञ्चालनका लागि जिल्लाका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गरिसकिएको प्रमुख अधिकारीले बताए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाँचदेखि १२ वर्षमुनिका उमेर समूह लक्षित खोप अभियान सञ्चालन गर्न निर्देशन दिएको छ ।
धेरै जसो पालिकाले खोप लागिसकेको र केहिको बाँकी रहेको कार्यालय प्रमुख अधिकारील बताए । छुटेका लाई पालिकाको स्वास्थ्य शाखामा अन्तिम दिन भदौ १४ गते खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ