तनहुँ । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार सिफारिसमा दलहरूलाई सकस परेको देखिएको छ । कुल ६ सिटका लागी उम्मेद्वारको भने लर्को लागेको छ ।
दुई प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको तनहुँमा ४ प्रदेशसभा रहेकाले दलहरूलाई कठिन परेको छ । गत स्थानीय निर्वाचनमा सबैभन्दा बढी मत पाएको नेपाली कांग्रेसले प्रतिनिधिसभा क्षेत्र नम्बर १ का लागि एकल नाम सिफारिस गर्न सकेन ।
कांग्रेसबाट कहाँ को ?
तनहुँ क्षेत्र नं. १ बाट ३ जना प्रत्यक्ष र ३ जना समानुपातिकको नाम केन्द्रमा सिफरिस गरिएको कांग्रेस तनहुँले जनाएको छ । प्रतिनिधि सभा क्षेत्रिय कार्यसमिति क्षेत्र नं. १ ले सिफारिस प्रत्यक्षतर्फ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडल, पुर्वमन्त्री एवं केन्द्रीय सदस्य शंकर भण्डारी र अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईको नाम सिफरिस गरेको छ ।
क्षेत्रिय कार्यसमितिले समानुपालिक तर्फ संविधानसभाका सदस्य रामचन्द्र पोखरेल, व्यास नगरपालिकाकी पुर्वउपप्रमुख मिरा जोशी र नेतृ यमुना खड्का बि.क.को नाम सिफरिस गरेको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मी भक्त खनालले बताए । क्षेत्रिय कमिटिबाट आएको उक्त नामहरुलाई जिल्ला कमिटिले अनुमोदन गरि केन्द्रमा पठाउने पनि खनालले जानकारी दिए ।
यस्तै तनहुँ क्षेत्र नंं २ बाट प्रदिप पौडेल, ध्रुव वाग्ले र जितप्रकाश आले सिफारिश भएका छन । सिफारिस भएका प्रदिप पौडेल र ध्रुव वाग्ले केन्द्रीय सदस्य हुन भने जितप्रकाश आले नेपाली कांग्रेस तनहुँको जिल्ला सभापति हुन । त्यसैगरि क्षेत्र नं. २ क्षेत्रिय कार्यसमितिले समानुपातिक तर्फ सन्तोष घिमिरे र चन्द्रकला भट्टराईलाई सिफारिस गर्ने पनि निर्णय गरेको कांग्रेस क्षेत्र नं. २ का सभापति चुडामणी खनालले जानकारी दिए ।
एमालेबाट कहाँ को ?
यस्तै तनहुँ निर्वाचन क्षेत्र नं. १ का लागी नेकपा एमाले क्षेत्र नं. १ बैठकले प्रतिनिधिसभा सदस्यको उमेदवारको लागि केन्द्रीय सदस्य एकबहादुर रानाको नाम सिफारिस गरेको छ ।
एमालेबाट क्षेत्र नंं १ (क) प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फ राम बहादुर गुरुङ, कुल बहादुर थापा, तुलसीराम पाण्डे, निलव सञ्जिबा श्रेष्ठ, प्रदिप राज अधिकारी, मायानाथ कोइराला, प्रेम कुमार राना, कला कुमारी ढकालले आवेदन दर्ता गराएका छन् ।
नेकपा एमाले क्षेत्र नम्वर १ (ख) प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फ रत्न कुमार श्रेष्ठ, अनिल पाण्डे, बिन्दु बस्नेत, काशिनाथ भट्टराई , इन्द्र बहादुर कुवर, अम्मर भण्डारी, बाबुराम अधिकारीले आवेदन दर्ता गरेका छन् ।
त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ का लागी एमालेबाट केदार सिग्देल, किरण गुरुङ र विष्णु अधिकारीको नाम सिफारिस भएको एमाले तनहुँले जनाएको छ ।
प्रतिनिधी सभा निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र (क) वैठकले जसअनुसार प्रत्यक्षतर्फ कमल ढकाल, रामचन्द्र उपाध्याय, दुर्गा प्रसाद पराजुली, हर्क बहादुर गुरुङ्ग, श्यामराजा महत, शिव वहादुर महत, शेषमणी आचार्य, अर्जुन प्रसाद नागिला र राधादेवी महत क्षेत्री सिफारिस भएका छन् ।
नेकपा एमाले तनहुँले समानुपातिक तर्फका प्रतिनिधिसभा र प्रदेशसभाका लागि एमालेले उम्मेदवार सिफारिस गरेको छ । प्रतिनिधिसभाका लागि शेषमणि आचार्य, शान्तिदेवी खनाल, वेदकुमारी वाग्ले, विष्णुकुमार सिग्देल, एकबहादुर राना, विश्वबन्धु भण्डारी र राधाकुमारी महत सिफारिस भएका छन् ।
प्रदेशसभाका लागि समानुपातिकमा शिव अधिकारी, सविता रसाईली, धर्म खनाल, हरिबहादुर थापा, बाबुराम सुनार, आनन्दमान जोशी, सेतीमाया गौतम, श्यामकुमार श्रेष्ठ, सीता घिमिरे, देवबहादुर गुरुङ, कृष्णराज ढकाल, ममिन मिया, रणबहादुर गुरुङ, नुर महमद मिया, रामकुमार श्रेष्ठ, ईन्द्रमान परियार, गञ्जसिंह गुरुङ, सीताराम सुर्खाली, विष्णुमाया ढकाल, प्रभा श्रेष्ठ र घनश्याम देवान सिफारिस भएको नेकपा एमालेले जनाएको छ ।
माओवादीबाट को-को ?
नेकपा (माओवादी केन्द्र)ले जिल्लाबाट प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य आकांक्षी उम्मेद्वारहरुको नामावली सिफारिस गरी टुङ्गाएको छ ।
केन्द्रले तनहूँ क्षेत्र नं १ बाट प्रत्यक्ष प्रतिनिधी सभा सदस्यका लागि पार्टीका केन्द्रिय कोषाध्यक्ष श्रीराम ढकाल र पुर्वमन्त्री हरिबहादुर चुमानको नाम सिफारिस गरेको छ ।
त्यसैगरि संघीय निर्वाचनको समानुपातिक तर्फ शम्भु बहादुर अधिकारी (खस आर्य), अरुण खनाल (खस आर्य), ओम कुमारी पौडेल (महिला), राम बहादुर थापा (आदिबासी जनजाति),जुम्मादिन मिया (मुस्लिम) नाम सिफारिस गरेको छ ।
त्यसैगरी प्रतिनिधि सभा क्षेत्र २ प्रत्यक्षमा आशा कोइरालाको एकल नाम सिफारिस गरिएको छ । प्रदेश निर्वाचनको समानुपातिक तर्फ ईन्द्र बहादुर अधिकारी (खस आर्य), गिता शाही (महिला), बसन्त दरै (अल्पसंख्यक आदिवासी जनजाति), जौ माया वराल सुनार (दलित महिला), दिल बहादुर नेपाली (दलित) को नाम सिफारिस गरिएको छ ।
त्यसैगरी प्रदेश निर्वाचन क्षेत्र १ क प्रत्यक्ष दिपक पन्त, शंकर जोशीको नाउँ सिफारिस गरिएको छ । प्रदेश निर्वाचन क्षेत्र १ ख प्रत्यक्ष हेमराज लामिछाने, सुर्य बहादुर गौली, भिम राना नाउँ सिफारिस गरिएको छ । प्रदेश निर्वाचन क्षेत्र २ क प्रत्यक्ष राजेन्द्र केशरी न्यौपाने,अतीन्द्र केशरी न्यौपाने,ओमराज आले (मदन),विकास श्रेष्ठ,मदन पौडेल सिफारिस भएका छन् ।
त्यसैगरी,प्रदेश निर्वाचन क्षेत्र २ ख प्रत्यक्ष देबी कुमारी बुर्जा मगरको नाउँ सिफारिस गरेको नेकपा माओवादी केन्द्र तनहुँका कार्यालय सचिव बसन्त दरैले जानकारी दिए ।
एकीकृत समाजवादीबाट कहाँ को ?
नेकपा (एकीकृत समाजवादी) तनहुँले तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभाका लागि प्रतापलाल श्रेष्ठ, कृष्णकुमार श्रेष्ठ, कलिला खान, सीताराम घले परियार र विष्णुबहादुर खड्का सिफारिस भएका छन् ।
प्रदेश (क) तर्फ विद्या ढकाल, रामकला पौडेल, लालकुमार श्रेष्ठ र कल्पना नेपाली सिफारिस भएका छन्। प्रदेश (ख) तर्फ मनुमाया श्रेष्ठ, गजेन्द्र पन्थ, श्रीप्रसाद भट्टराई र तेजबहादुर सुनार सिफारिस भएका छन्।
तनहुँ क्षेत्र नम्बर २ प्रतिनिधिसभाका लागि चित्र थापा, शङ्कर पोखरेल, दुर्गा नेपाली, सानुमाया महत सिफारिस भएका छन्। प्रदेश (क) तर्फ रेखा थापा बस्याल, दुर्गाकुमार श्रेष्ठ, थमन आले, कमल गैरे सिफारिस भएका छन्। प्रदेश (ख) तर्फ काजीमान श्रेष्ठ, भक्त रसाइली, मधुमाया ढकाल, सूर्यप्रसाद तिमिल्सिना, पूर्णबहादुर थापा र भूपाल थापा सिफारिस भएका छन्।
दुई प्रतिनिधिसभा सदस्य र चार प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र रहेको तनहुँमा १० स्थानीय तह र ८५ वडा रहेका छन् । विसं २०७४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभाका ६ वटै स्थानमा तत्कालीन वाम गठबन्धनका उम्मेदवार विजयी भएका थिए ।