तनहुँमा ४५ हजार भन्दा बढीले बनाए राष्ट्रिय परिचयपत्र

Byकिरण श्रेष्ठ

३१ भाद्र २०७९, शुक्रबार १४:५८ ३१ भाद्र २०७९, शुक्रबार १४:५८ ३१ भाद्र २०७९, शुक्रबार १४:५८

तनहुँ । तनहुँमा राष्ट्रिय परिचयपत्र बनाउनेको संख्या बढेको छ । जिल्ला प्रशासन कार्यलय तनहुँमा हाल सम्म ४५ हजार ४९१ जनाले राष्ट्रिय परिचयपत्रको लागि फारम भरेका छन् ।

जिल्लाका दश वटै स्थानीय तहका नागरिकलाई राष्ट्रिय परिचयपत्रको लागि प्रशासनबाट नै सेवा दिएको प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले बताए ।

उनका अनुसार जिल्लाभर राष्ट्रिय परिचयपत्र बनाउनेको सख्या ४५ हजार ४९१ जना रहेको छ । जसमा महिला १९ हजार ५१० छन् भने पुरुष २५ हजार ९८१ जना रहेको प्रजिअ अर्यालले बताए ।

वैदेशिक रोजगार विभागले राष्ट्रिय परिचयपत्र अनिवार्य माग गरेपछि जिल्लाका वैदेशिक रोजगारीमा जाने तथा डीभी भर्नेहरुको लागि अनिवार्य भएपछि जिल्ला प्रशासनमा परिचयपत्र बनाउन आउने मानिसको संख्या वृद्धि भएको हो ।

पहिले भन्दा अहिले सहज भएको ऋषिङबाट आफ्नो भाईको परिचय पत्र बनाउन जिल्ला प्रशासन आएका श्याम आले बताउछन ।

उनले थपे ‘पहिले मेरो बनाउदा दिनभर लाइन बस्नुपर्याथ्यो, अहिले सजिलो भएछ ।’

स्थानीय तहमा अभियान सम्पन्न भइसकेकोले अभियानमा छुटेकालाई जिल्ला प्रशासन कार्यालयबाट सेवा लिन सकिने प्रशासनले जनाएको छ । जसका लागी सेवाग्राहीले सक्कल नागरिकता र अन्य आवश्यक कागज सहित व्यवस्था रहेको छ ।

चार÷चार महिनामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने भनिए पनि हालसम्म सबै नागरिकले परिचयपत्र प्राप्त गर्न सकेका छैनन् । परिचयपत्रमा व्यक्तिगत र जैविक बायोमेट्रिक गरी दुई विवरण ‘इन्ट्री’ गरिन्छ । सोह्र वर्ष उमेर पुगेका सबै नेपालीले राष्ट्रिय परिचयपत्र बनाउन पाउने छन् ।

सरकारले फोटोसहितको बायोमेट्रिक स्मार्टकार्ड प्रयोग गर्नका लागि परिचयपत्र निर्माणको काम सुरू गरेको हो । व्यक्तिको राष्ट्रिय पहिचानको प्रमाणपत्रको रुपमा, मतदाता परिचयपत्रको रुपमा, जग्गा जमिन र अन्य सम्पत्तिको अभिलेख राख्न, सामाजिक सुरक्षाकार्डको रुपमा यो परिचयपत्र अघि सारिएको हो ।

व्यक्तिगत विवरणसहित दसवटै औँलाको औँठा छाप, फोटो हुने भएकाले अन्य सामग्री बोकिराख्नुपर्ने झन्झट नहुने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *