तनहुँ । इजाजत प्राप्त हातहतियार बुझाउन जिल्ला प्रशासन कार्यालय तनहुँले निर्देशन दिएको छ । निर्वाचनको मिति नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय तनहुँले इजाजत प्राप्त हातहतियारहरु नजिकको प्रहरी इकाईमा बुझाउन सुचना जारी गरेको छ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले बताए ।
‘जिल्ला भित्रका सम्पूर्ण हातहतियार धनीहरुलाई नजिकको प्रहरी इकाइमा लगत राखी निर्वाचन पश्चात फिर्ता हुने गरी बुझाउन भनेका छौं,’ उनले भने ।
उनले जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियारहरु मिति २०७९ कार्तिक ४ गतेभित्र नजिकको प्रहरी इकाईमा बुझाउन आग्रह गरेको हो।