गण्डकी प्रदेशका कर्मचारीले ७ दिन विवाह विदा पाउने

Byखवरबाटिका

१६ आश्विन २०७९, आईतवार २२:०२ १६ आश्विन २०७९, आईतवार २२:०२ १६ आश्विन २०७९, आईतवार २२:०२

पोखरा । गण्डकी प्रदेशले कर्मचारीलाई ७ दिन विवाह बिदा दिने भएको छ । ७ असोजमा राजपत्रमा प्रकाशित ‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ले कर्मचारीले विवाह विदा पाउने व्यवस्था गरेको हो ।

प्रदेश सचिव शम्भुराज रेग्मीका अनुसार कर्मचारीहरुले विवाह विदाको माग गरेका थिए । चन्द्र शमशेरको पालोमा पनि विवाह विदाको व्यवस्था भएको भेटिएकाले कर्मचारीलाई थप सुविधा दिन खोजिएको उनले बताए । उनले भने, छलफलका क्रममा मैले नै किन विवाह विदा दिने भनेर प्रश्न गरेको थिएँ । पहिले चन्द्रशमशेरको पालामा पनि विदा दिइन्थ्यो । यो विदा दिन नमिल्ने होइन भनेर सुविधा दिन खोजियो ।’

विवाहको समयमा जसरी पनि कर्मचारी कार्यालय नआउने भएकाले विदाको व्यवस्था गरिएको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *