निर्वाचन सुरक्षामा तनहुँमा १३९२ म्यादी प्रहरी खटिँदै

Byकिरण श्रेष्ठ

६ कार्तिक २०७९, आईतवार ०९:१४ ६ कार्तिक २०७९, आईतवार ०९:१४ ६ कार्तिक २०७९, आईतवार ०९:१४

तनहुँ । आगामी मंसिर ४ गतेको निर्वाचनका लागि तनहुँमा एक हजार ३९२ जना म्यादी प्रहरी परिचालन हुने भएका छन् । तनहुँको १४२ मतदानस्थल र ३०५ मतदान केन्द्रमा सुरक्षाका यी म्यादी प्रहरी खटिने छन् ।

म्यादी प्रहरी छनौट कार्य सम्पन्न गरी उनीहरूका लागि १० दिने तालिम समेत सञ्चालन भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय तनहुँको दमौली, इलाका प्रहरी कार्यालय आँबुखैरेनी, भिमाद, बेलचौतरा १० दिने तालिम संचालन भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

तनहुँबाट २ हजार १९८ जनाले म्यादी प्रहरी हुनका लागि आवेदन दिएका थिए । प्रयोगात्मक र अन्तरवार्ता पश्चात छनौट भएकाहरुलाई अहिले तालिम दिइएको हो ।

निर्वाचनको सुरक्षामा खटिन तनहुँमा ३७१ महिला र १०२१ जना पुरुष गरी जम्मा १ हजार ३९२ जना छनौट गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *