पत्रकार महासंघ तनहुँको साधारण सभा पुस १ र २ गते हुने

Byखवरबाटिका

१६ मंसिर २०७९, शुक्रबार १६:०८ १६ मंसिर २०७९, शुक्रबार १६:०८ १६ मंसिर २०७९, शुक्रबार १६:०८

तनहुँ । नेपाल पत्रकार महासंघ तनहुँ शाखाको यही पुस १ र २ गते हुने भएको छ । महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलको अध्यक्षतामा शुक्रबार बसेको बैठकले सो मितिमा लुम्बिनीमा साधारण सभा गर्ने निर्णय गरेको हो ।

पत्रकारलाई भ्रमण समेत गराउने उद्देश्यले बुद्धको जन्मभूमि लुम्बिनीमा साधारणसभा गर्ने निर्णय गरिएको सचिव प्रताप रानाले जानकारी दिए । उनका अनुसार दुई दिने भ्रमण सहितको साधारणसभाले पत्रकारमा पुनर्ताजगी आउनेछ ।

त्यस्तै बैठकले नयाँ सदस्यताका लागि आवेदन खुला गर्ने निर्णय गरेको अध्यक्ष पौडेलले बताए । १५ दिनभित्र नेपाल पत्रकार महासंघ तनहुँ शाखाको साधारण सदस्यताका लागि आवेदन खुला गरिएको उनले बताए । साथै महासंघ तनहुँको समन्वयमा जिल्लाका क्रियाशील पत्रकारको बीमा नवीकरण गर्ने निर्णय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *