तनहुँ कारागारभित्र तीन फिल्मको स्क्रिप्ट पढ्दै पल शाह, जिम पनि गर्दै

Byखवरबाटिका

१३ मंसिर २०७९, मंगलवार १२:३९ १३ मंसिर २०७९, मंगलवार १२:३९ १३ मंसिर २०७९, मंगलवार १२:३९

तनहुँ । नाबालिकामाथि बलात्कारको मुद्दामा अभिनेता पल शाह थुनामा छन् । तनहुँ जिल्ला अदालतमा उनको मुद्दा चलिरहेको छ भने नवलपुर अदालतले बाल यौन दुरुपयोगको मुद्दामा दोषी ठहर गर्दै अढाइ वर्षको जेल सजाय सुनाइसकेको छ ।

नवलपुर जिल्ला अदालतको फैसलाविरुद्ध उनले उच्च अदालत पोखरामा पुनरावेदन गरेका छन् । तनहुँ जिल्ला अदालतले यही मंसिर २५ गतेलाई पेसी तोकेको छ । सोही दिन नै फैसला आउन सक्ने सम्भावना रहेको उनका कानुन व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिए ।

तनहुँ कारागारमा रहेका पललाई भेट्न अहिले दैनिकजसो उनका आफन्त, साथीभाइ र फिल्मकर्मी पुग्ने गरेका छन् । आइतबार पललाई भेट्न फिल्म निर्माता किरण नेपाली पनि कारागार पुगेका थिए ।

जहाँ आफूहरुले फिल्म र सामान्य कुराकानी गरेको निर्माता नेपालीले जानकारी दिए । पलले अहिले कारागारभित्रै रहेर तीनवटा फिल्मको स्क्रिप्ट पढिरहेको पनि उनले बताए ।

यदि पल रिहा हुने अवस्था आए आफ्ना आगामी फिल्म ‘दुई नम्बरी’को दोस्रो सिक्वेलमा लिने समेत किरणले बताए । ‘दुई नम्बरीको सिक्वेलमा पलजीलाई लिन्छु भनेर मैले भनेको छु,’ उनले भने ।

सुरुमा ‘हात्तीछाप’ नामक फिल्म बनाउने र त्यसपछि अन्य प्रोजेक्टमा अघि बढ्ने उनले बताए । पलले कारागारभित्रै जिम लगायतका शारीरिक व्यायामका अभ्यास पनि गरिरहेको उनले जनाए ।

किरणको फिल्म ‘२ नम्बरी’मा यसअघि पल अनुबन्धित भइसकेका थिए । तर मुद्दा चलेपछि उनको ठाउँमा सौगात मल्ल भित्रिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *