तनहुँ । गायक बसन्त बिश्वकर्मा र गायिका शान्ती श्री परियारको स्वर रहेको लोकगित साईली सार्वजनिक भएको छ ।
गितमा जनयुद्धको बेला जनसेनाले आफ्नो देशमा परिवर्तनका लागि गरेको त्याग र बलिदानीलाई प्रस्तुत गरिएको छ ।
साईला र साईलीबीचको युवा अवस्था देखी प्रेम र मृत्यु सम्मको घटनालाई जोडिएको छ ।
यस गितको भिडियोको अन्त्यतिर आफ्नो गर्भवती श्रीमती साईली माथिको अत्याचार देख्न नसकेपछि साईलाले आत्मसर्मपण गर्दै आफ्नो ज्यानको आहुति दिन्छन् ।
पछि साइँलाको सन्तान अर्थात दोस्रो पुस्ताले आफ्नो बुवाले बोकेको देश बनाउने सपना पुरा गर्ने बाल प्रतिज्ञाले झनै निशब्द बनाउने छ ।
गितमा गायक आफैले सुन्दर अभिनय प्रस्तुत गरेका छन् भने उनको साइली बनेर सनिसा भट्टराईले साथ दिएकी छिन् ।
कथा तथा निर्देशन मौसम हिमालीको रहेको यो गितको भिडियो बसन्त बिश्वकर्माको अफिसियल युटुब च्यानलमा अपलोड गरिएको छ ।
भिडिओ :