म्याग्दे । ‘सिप सिकौं, व्यवसाय गरौ, उद्यम बनौ भन्ने मुल नाराका साथ म्याग्दे गाँउपालिकाद्धारा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) व्यवहारिक सिकाई प्रदान गरेको छ ।
म्याग्दे गाँउपालिकाको वडा नं ७ को हर्कपुरमा सिप सिकेर आत्मनिर्भर बनाउन स्थानिय १६ जना महिलालाई तालिम दिईएको हो । तालिममा घरेलु तथा साना उद्योगलाई कसरी निरन्तरता दिन सकिन्छ भन्ने अभिमुखीकरण कार्यक्रम पछि व्यवहारिक सिप सिकाईएको थियो ।
८ दिन सम्म व्यवहारिक सिप सिकाई कार्यक्रममा सहभागीहरुलाई वरमाला, पोते बनाउने, क्रिस्टलको मोतीको चुरा बनाउने, फुलमालाको पोते बनाउने, क्रिस्टलको टप बनाउने, फाईवरको माला बनाउने, रानिहार, दुबोमाला बनाउने तालिम प्रदान गरिएको म्याग्दे गाँउपालिकाका मेडपाका फोकल पर्सन प्रदिप न्यौपानेले जानकारी दिए ।
आफुलाई आवश्यक परेको र प्रयोग गर्दे आएको सबै समानहरु आफैले नै बनाउन सक्ने भएपछि गंगा श्रेष्ठले पनि अव सिपलाई निरन्तरता दिने बताईन । दुबोको माला, फाईवरको माला आफैले बनाउन सक्ने भएका छौ, स्थानिय कार्यक्रममा बाहिरबाट किनेर ल्याउने मालाहरु अब आफैले बनाउन सक्ने भएपछि खुशी लागेको श्रेष्ठले बताईन ।
सानो लगानीले पनि आम्दानी गर्न सकिन्छ भन्ने आशा पलाएको सहभागी विचमाया परियारले बताईन ।’ क्रिस्टलको माला आफैले किनेर लगाउदै आएको थिए, अव सामाग्री किनरे आफै बनाएर लगाउँछु[ परियारले भनिन् ।
व्यवहारिक तालिममा सहभागीहरुलाई सोफिया खातुन र आवेदा खातुनले प्रशिक्षण दिएका थिए । दुबोको माला बनाउन जानेपछि आफुलाई मनोबल र हिम्मत बढेको सहभागी अनिता विकले बताईन ।
‘अब यहि उद्यमलाई निरन्तरता दिएर आर्थिक उपार्जनमा लाग्ने सोच बनाएको छु’ विक ले भनिन् । अनिता मात्र होईन तालिम लिएका स्थायिन विमला पण्डित, अनिता विक, विष्णु श्रेष्ठ, गंगा श्रेष्ठ, रोशनी वंशी ठकुरी, सन्ध्या रेग्मी, सिर्जना वाग्ले, विचमाया परियार पनि वरमाला पोते बनाउने, क्रिस्टलको मोतीको चुरा बनाउने, फुलमालाको पोते बनाउने, क्रिस्टलको टप वनाउने, फाईवरको माला बनाउने, रानिहार बनाउन जानेपछि खुशी भएका छ्न ।
उनिहरु मात्र होईन हर्कपुरका सुस्मिता परियार, सानुमाया थापा, शिवकुमारी राना, राममाया परियार, देवी परियार, निर्मला राना, फुलमाया परियार, मिनु परियारले पनि व्यवहारिक सिकाईले आफुहरुलाई र्हाैसला र मनोवल बढेको बताउछन् ।