
तनहुँ । तनहुँमा नयाँ प्रमुख जिल्ला अधिकारी आएका छन । जिल्लामा प्रजिअका रुपमा छविलाल रिजाल आएका हुन् । बुधबार प्रजिअ रिजालले जिल्लाका सञ्चारकर्मीसंग भेट गरेका थिए ।
सो अवसरमा प्रजिअ रिजालले विकृति र विसंगति विरुद्ध इमानदारीपुर्वक काम गर्ने बताए । स्थानीय विकास अधिकारीका रुपमा यसअघि तनहुँमा काम गरेको उनले बताए ।
‘अहिले परिस्थिति फेरिएको छ ।’ उनले भने ‘संघीय पद्धतिलाई अवलम्बन गर्नुपर्छ ।’
लोकतन्त्रलाई सुदृढ बनाउन पत्रकार भुमिका खेल्नुपर्ने प्रजिअ रिजालले बताए । उनले अगाडी थपे ‘नागरिकलाई सुसूचित गराउन लाग्नुपर्छ ।’
बजार अनुगमनलाई प्रभावकारी बनाउन सके समाजमा रहेका विकृति न्यूनीकरण गर्न सकिने प्रजिअ रिजाल बताउछन ।
परिवर्तनको सुरुवात सानो कामबाट गर्नुपर्ने उनले बताए । साना कुराबाट परिवर्तन गरे सुशासन कायम गराउन सहयोग पुर्याउछ ।
स्थानीय तहबाट बजार अनुगमन किन हुन सकेन भनेर पत्रकारले प्रश्न गरी खोजी गर्नुपर्ने प्रजिअ रिजालले बताए ।
यसअघि प्रजिअ रिजाल झापा जिल्लाको प्रमुख जिल्ला अधिकारी रहेका थिए ।