तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले चालु आर्थिक वर्षको छ महिनामा राहदानी वितरणबाट ४ करोड बढी राजस्व सङ्कलन गरेको छ ।

जिल्लाबाट राहदानी बनाउनेको सङ्ख्या पनि बढेको कार्यालयले जनाएको छ ।

साउनदेखि पौष मसान्तसम्म ५ हजार २७९ राहदानी वितरण गर्दा ४ करोड ३९ लाख ५५ हजार राजस्व सङ्कलन भएको राहदानी फाँटले जनाएको छ । सो अवधिमा २ हजार ४१७ महिला र २ हजार ८६२ पुरुषले राहदानी लिएका छन् ।

राहदानीको शुल्कबाट उक्त राजस्व सङ्कलन गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख छविलाल रिजालले जानकारी दिए । उनका अनुसार छ महिनाको अवधिमा ५ हजार २७९ जनालाइ राहदानी वितरण भएको छ ।

नेपाल सरकारले पछिल्लो समय विद्युतीय राहदानी वितरणका लागि अनलाइन प्रणालीबाट राहदानी वितरण गर्ने गरेको छ । तनहुँमा पनि अनलाइन माध्यमबाट हुँदै आएको विद्युतीय राहदानी सेवा उपलब्ध गराइएको छ ।

यस्तै प्रशासनले सरकारी सम्पत्तिको वहालबाट १० हजार ३ सय, कम्पनी रजिष्टेशन दस्तुरबाट ७ लाख ८७ हजार ५५०, हातहतियारको इजाजतपत्र दस्तुरबाट ५ लाख ५८ २५०, न्यायिक दण्ड, जरिवाना र जफतबाट ६ लाख २४ हजार १९०, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट २ लाख १५ हजार ६ सय राजस्व संकलन गरेको कार्यालयले जनाएको छ ।

त्यसैगरी परिक्षा शुल्कबाट १० हजार ३ सय, अन्य प्रशासनिक सेवा शुल्कबाट ३१ हजार ५ सय रहेको प्रशासनले जनाएको छ । यस्तै ८७ हजार ३१९ रुपैयाँ बेरुजु देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *